Drug Portal Nepal

Information for Parents

Home / For Parents

Information for Parents

बालबच्चा र अभिभावकको बिचमा राम्रो सम्बन्ध हुनुपर्दछ । उनीहरुलाई अभिभावकहरुले आफ्नो राम्रो हेरचाह गरेको र उनीहरुले के गरिरहेका छन् त्यसबारे चासो राखेको आभास दिनु पर्दछ । बाबुनानीहरुसँग कुराकानी, आपूm मात्रै नबोल्नुहोस् । दोहोरो कुराकानीको बाटो खुल्ला राख्नुहोस् । उनीहरु के भन्दै छन् त्यसतर्फ ध्यान दिनुहोस् । तपाईंसँग सबै कुराको उत्तर नहुन नि सक्छ । उनीहरुलाई होच्याएर कुरा नगर्नुहोस् । जीवन र लागू औषधबारे उनीहरु कति धेरै कुरा जान्दछन् भन्ने थाहा पाउँदा आश्चर्य पर्नुहुन्छ ।