Drug Portal Nepal
Home / For Teachers

बालबालिकाहरु आफ्ना नजिकका अग्रजहरुमा विश्वास राख्ने तथा तिनबाट नयाँ कुरा सिक्न खोज्ने हुनाले सजिलै उनीहरुबाट प्रभावित हुन्छन् । अध्यापकहरु बालबालिकाको लागि नमुनापात्र हुन सक्ने भएकोले तिनीहरुले बालबालिकाहरुलाई लागू औषध लिनबाट निरुत्साहित गर्न सक्छन् । बालबालिकाको कुरा बुझ्ने तथा सहयोगी पारिवारिक वातावरण नभएको बालबालिकाको हकमा शिक्षकको भूमिका झनै महत्वपूर्ण हुन्छ । शैक्षिक प्रगतिमा खरो उत्रन पर्ने र जटिल समाजको आकाङ्क्षा पनि पूर्ण गर्नुपर्ने कारणले बालबालिकाहरुले एक प्रकारको दबाब महसुस गरिरहेका हुन्छन् । उनीहरु यस्तो दबाब वा असुरक्षाको अनुभूति भएको अवस्थामा लागू औषधको प्रयोग नै यस्तो अवस्थासँग जुझ्ने वा भाग्ने तरिका हो भन्ने सोच्दछन् । त्यसकारण विद्यार्थीहरुलाई उनीहरुले मात्र यस्तो समस्याको सामना गर्नु परेको नभई अरुलाई पनि पर्न सक्छ तर यस्ता समस्याहरुको समाधानका निम्ति विभिन्न असल र सही उपायहरु छन् र सोही अनुरुप सामना गर्न सकिन्छ भन्ने ज्ञान तथा मद्दत दिनु पर्दछ ।